News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
गोली हानाहान हुँदा खैबर पख्तुनख्वामा दुई पाकिस्तानी सैनिकको मृत्यु

खैबर पख्तुनख्वा— खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

एआरवाई न्यूजले अन्तर–सेवा जनसम्पर्क (आईएसपीआर) लाई उद्धृत गर्दै जनाएअनुसार गोलीबारीमा दुई आतंककारी मारिएका छन् ।

Prabhu Bank

सेनाको प्रेस विज्ञप्तिमा भनिएको छ,‘पाकिस्तानका सुरक्षा बलहरू आतंकवादको खतरा हटाउन कटिबद्ध छन् र हाम्रा बहादुर सिपाहीहरूको बलिदानले हाम्रो संकल्पलाई अझ बलियो बनाउँछ ।’

यसैबीच आईएसपीआरले अघिल्लो दिन मात्र खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले दुई जना आतंककारीलाई मारेको बताएको थियो । उत्तरी वजिरिस्तान जिल्लाको दोसाली क्षेत्रमा आतंकवादी र सुरक्षा बलहरू बीच गोली हानाहान भएको थियो ।

पाकिस्तानी सुरक्षा बलहरूले तीन दिन अघि उत्तरी वजिरिस्तान जिल्लामा गुप्तचर–आधारित अपरेशन (आईबीओ) मा दुई आतंककारीलाई गोली हानी मारेका थिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  २१:१३
sagarmatha cementsagarmatha cement
Weather Update