News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक भोलिसम्म स्थगित 

काठमाडौं—  विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक सोमबारका लागि सरेको छ ।

संसद् सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी दिएको हो ।

यसअघि आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:०२
Weather Update