News Griha :: न्यूजगृह
देशको समग्र हितको रक्षापछि मात्रै संसद्मा गतिरोध अन्त्य हुन्छः ओली
फाइल तस्बिर ।

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षा पछि मात्रै संसद्मा भएको अवरोध हट्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को गतिरोध हटाउने बताए । उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’

प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक मङ्गलबारसम्म लाई स्थगित भएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १५:४१
Weather Update