News Griha :: न्यूजगृह
नागरिकता विधेयकको गल्ती सच्याऔँ, राष्ट्रपति मन्त्रिपरिषद्का कारिन्दा होइनन् : अध्यक्ष लिङ्देन
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयकमा गम्भीर गल्ती भएको औँल्याएका छन् । 

आइतबारको प्रतिनिधि सभा बैठकमा लिङ्देनले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा नभएको पनि प्रष्ट पारे ।

उनले भने ‘चाँडो  भन्दा चाँडो नागरिकता ऐनमा संशोधन हुनुपर्छ भन्नेमा कसैको दुईमत छैन् । पछिल्लो दिनमा यस्तो समयमा जुन प्रकृयाबाट नागरिकता विधेयक प्रमाणीकरण गरियो त्यसको राप्रपा घोर भर्त्सना गर्दछ । चाँडो भन्दा चाँडो यसलाई  प्रकृयामा लगौं । यसमा कुनै प्रकारको ढिलाई नगरियोस् र जुन गल्ती गरिएको छ त्यसलाई सच्याइयोस् । राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा हैन । मन्त्रिपरिषद् आज्ञापालक हैन । हामीले यसलाई जतिसुकै निष्क्रिय निष्पक्ष भने तापनि अन्तत यो दलको निर्देशनमा चल्छ भनेका थियौं अहिले त्यही भयो । ’ 

राप्रपा अध्यक्ष लिङ्देनले भारत भ्रमणको दुई घण्टा अगाडि मात्र किन विधेयक प्रमाणीकरण गरियो भन्ने पनि प्रश्नले पनि धेरै आशंका जन्माएको बताए ।

 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १३:०१
Weather Update