News Griha :: न्यूजगृह
नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले १७ जेठमा प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आइतबार सुनुवाइ हुँदैछ ।

राष्ट्रपति पौडेलद्वारा उक्त विधेयक प्रमाणीकरण असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले सर्बोच्चमा रिट निवेदन दर्ता गरेका थिए । सोही रिटमा आइतबार सुनुवाइ हुन लागेको हो ।

नयाँ संसद्मा विधेयकबारे छलफल नै नगरी सरकार र राष्ट्रपति कार्यालयले असंवैधानिक कार्य गरेको रिटमा दाबी गरिएको छ ।

विधेयक असंवैधानिक भएकाले लागु नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ । रिटमा नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्न माग गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०९:४९
Weather Update