सरकारले बालविकास शिक्षकसँग गरिएका पूर्वसहमति कार्यान्वयन गर्नुपर्छ : केन्द्रीय समिति

काठमाडौं— बालविकास शिक्षक केन्द्रीय समितिले पूर्वसहमतिअनुसार सम्पूर्ण माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सहमतिको पालना नगरेको विषयमा समितिले ध्यानाकर्षण गराउँदै बजेट कार्यान्वयन पुस्तिकामार्फत सहमतिको पालना गर्न आग्रह गरेको हो ।
केन्द्रीय समितिले बालविकास शिक्षकले राज्यबाट पाउने सेवासर्त तथा सुविधाहरू एकद्वार प्रणालीबाट उपलब्ध गराई प्राथमिक तह शिक्षक सरह तलब तथा सुविधाको ग्यारेन्टी गर्न माग गरेको छ । हाल इसीडी शिक्षकहरूलाई संघीय सरकार र स्थानीय सरकारले न्यून तलब दिँदै आएका छन् ।
केन्द्रीय समितिले दरबन्दी, गोल्डेनह्याण्डसेकको पनि माग गरेको छ । समितिले आफूहरूका माग सम्बोधन नगरे नेपाल शिक्षक महासंघको अगुवाइमा चरणबद्ध आन्दोलन गर्न चेतावनी सरकारलाई दिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० ०९:०४
साताको लोकप्रिय