News Griha :: न्यूजगृह
गर्मी बढेपछि सिन्धुलीमा विद्यालय बन्द

सिन्धुली— केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।

गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए ।

हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत् रहने उनले बताए ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०८:२३
Weather Update