News Griha :: न्यूजगृह
‘काठमाडौं उपत्यकामा अझै तीन दिन वर्षा हुँदैन’

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा अझै तीन दिन वर्षा नहुने जनाएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । तराई क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको छ ।

काठमाडौंमा अबको तीन दिनसम्म वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताए । कर्णाली, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ ।

विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको राससमा सम्बन्धित जिल्लाबाट समाचार सम्प्रेषण भएका छन् ।

तराई मधेसमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०७:५६
Weather Update