News Griha :: न्यूजगृह
तातो हावाबाट बच्न के गर्ने, के खाने ?

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्च विभिन्न उपाय अपनाउन अनुरोध गरेको छ । तातो दिन तथा लुसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले त्यसबाट हुने सम्भावित असरबाट बच्च अनुरोध गरेको हाे ।

तातो हावा तथा लुबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुःख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ ।

तातो हावा तथा लुबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ, जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन पनि महाशाखाले सुझाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०७:४३
Weather Update