ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो

नयाँ दिल्ली— भारतको ओडिशामा शनिबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेकाे संख्या २ सय ८८ पुगेको र ८ सय ३ जना घाइते भएका छन् ।
बालसोर जिल्लाको बहानगा बजार रेल्वे स्टेसननजिक तीन वटा रेल दुर्घटनामा परेका हुन् ।
पहिले एउटा मालवाहक रेलमा पछाडिबाट यात्रुवाहक रेल ठोक्किएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० ०७:१३