News Griha :: न्यूजगृह
राहत, अस्थायी, करार, ईसीडी सबै शिक्षक र कर्मचारीका माग पूरा गर्न आग्रह

काठमाडौं— नेपाल शिक्षक संघले नयाँ बजेटले विभिन्न शिक्षक र विद्यालय कर्मचारीका कुनै पनि माग पूरा नगरेको जनाउँदै आपत्ति जनाएको छ ।

संघले तत्काल सबै शिक्षक र कर्मचारीका माग पूरा गर्न माग गरेको छ । संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलले एक विज्ञप्ति जारी गरी सो माग गरेका हुन् ।

संघले शिक्षक अस्पताल निर्माणका लागि बजेट विनियोजन नगरेको बताएकाे छ ।

त्यसैगरी संघले राहत, अस्थायी, करार साविक उच्च माविमा कार्यरत शिक्षक, शिक्षक सिकाइ अनुदानमा कार्यरत शिक्षक, स्थानीय सरकारबाट नियुक्त शिक्षकको व्यवस्थापनमा पूर्णता बेवास्ता गरेको बताएको छ ।

बजेटले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा बजेट मौन रहेको र शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन नभएको संघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०६:५७
Weather Update