News Griha :: न्यूजगृह
कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं— हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा  र देशका बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने  देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०६:०९
Weather Update