पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको जनाएको छ । आइतबार पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० ०६:१७