News Griha :: न्यूजगृह
कांग्रेस विधि र नियममा चल्न सकेन : प्रकाशमान सिंह

काठमाडौं— नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन् । 

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलनमा उनले भने, ‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ । विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो । अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरू पार्टीको चुनौती सामना गर्नु पर्नेछैन ।’

उनले कांग्रेस पार्टीको जस्तो राम्रो विचारधारा भएको अन्य कुनै पार्टी नरहेको जिकिर गरे । ‘कांग्रेस पार्टीको जस्तो विचारधारा अरू कुन पार्टीको छ र ? तर, चल्दा तलमाथि भइरहन्छ । हामीले अब धेरै ढिला गर्नु हुँदैन, समय रहँदै एक्ट गरौँ, सबैले गर्ने काम आफूले गरौँ ।’

नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वय हुन आवश्यक देखिएको बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १६:३६
Weather Update