News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय बढीको मृत्यु

काठमाडौं— भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएको छ । दुर्घटनामा परी २ सयभन्दा बढीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरूकाे भनाइमा चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए ।

Prabhu Bank

दैनिक भास्करकाअनुसार रेल दुर्घटनामा २३३ जनाको मृत्यु भएको छ । नौ सयभन्दा बढी घाइते भएका भास्करले जनाएको छ ।   दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसन नजिकै भएको हो ।

narendra modi1685755572.JPG

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै छिटोभन्दा छिटो उद्धार, राहतमा लाग्न भारतीय रेलमन्त्री अश्विनी वैष्णवलाई निर्देशन दिएका छन् ।

रेलमन्त्री वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०७:०९
sagarmatha cementsagarmatha cement
Weather Update