News Griha :: न्यूजगृह
एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज 

काठमाडौं— नेकपा एमालेले सातै प्रदेशका इन्चार्जहरू तोकेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो ।

सुदूरपश्चिम प्रदेश इन्चार्जको रूपमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जको रूपमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जको रूपमा पद्मा अर्याल, गण्डकी प्रदेशको इन्चार्जको रूपमा गोकर्ण बिष्ट, मधेस प्रदेश इन्चार्जको रूपमा योगेशकुमार भट्टराई र कोशी प्रदेश इन्चार्जको रूपमा रघुवीर महासेठलाई जिम्मेवारी दिएको हो ।

त्यस्तै बैठकले पार्टीको केन्द्रीय संगठन विभागको प्रमुखको रूपमा काशिनाथ अधिकारीलाई जिम्मेवारी दिइएको छ भने प्रचार तथा प्रकाशन विभागको संयोजकको रूपमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:१८
Weather Update