News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
श्रीलंकाको अर्थतन्त्र सुधारतर्फ

कोलम्बो— अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकाको अर्थतन्त्रमा सुधारको सम्भावित संकेत देखिएको जनाएको छ ।

आईएमएफका उपप्रबन्ध निर्देशक केन्जी ओकामुराले श्रीलंकाको भ्रमणपछि जारी गरेको वक्तव्यमा भनिएको छ,‘आर्थिक पुनरुत्थान चुनौतीपूर्ण रहेको छ र सरकार र श्रीलंकाका जनता दुवैको बलियो स्वामित्वमा सुधारको गतिलाई निरन्तरता दिन आवश्यक छ ।’

Prabhu Bank

आईएमएफले समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने, ऋण स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्वको रक्षा गर्ने, सुशासनलाई सुदृढ बनाउने र कमजोर वर्गको संरक्षण गर्ने महत्वकांक्षी आर्थिक कार्यक्रम कार्यान्वयन गर्ने श्रीलंकाको दृढ प्रतिबद्धतालाई स्वागत गरेको ओकामुराले बताए ।

उनले वर्तमान आर्थिक संकटको उत्पत्ति बाह्य झट्काका कारण बढेको नीतिगत गलत कदमबाट भएको बताए ।  भ्रमणका क्रममा उनले समष्टिगत आर्थिक स्थायित्वका लागि वित्तीय उपायहरू, विशेष गरी राजस्व संकलनका उपायहरूको महत्त्वबारे अधिकारीहरूसँग छलफल गरेका थिए ।

यसै वर्षको मार्चमा आईएमएफले श्रीलंकाको आर्थिक नीति र सुधारलाई सहयोग गर्न करिब तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधाअन्तर्गत ४८ महिनाको विस्तारित ऋण व्यवस्थालाई अनुमोदन गरेको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:०१
sagarmatha cementsagarmatha cement
Weather Update