News Griha :: न्यूजगृह
एमालेद्वारा १३ केन्द्रीय सदस्य थप [नाम]

काठमाडौं— नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य थप गरेको छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले प्रेमबहादुर सिंह, मुकुन्द न्यौपाने, भागवत विश्वासी, चूडामणि जंगलीसहित १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।

एमालेले थपेको केन्द्रीय सदस्यमा हेमराज राई, भोजपुर, ठम्मर विष्ट सुर्खेत, उमाशंकर अरगरिया, धनुषा, अजय गुप्ता, रौतहट, मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, दाङ, चूडामणि जंगली, कास्की, इकवाल मियाँ, बारा, गणेश खनाल, गुल्मी, प्रेम तामाङ, रसुवा, यामबहादुर परियार, चितवन र  सुरेन्द्र मानन्धर,काठमाडौं रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १८:४८
Weather Update