News Griha :: न्यूजगृह
शान्ति प्रक्रियामा सहयोग गर्न चीन तयार छ : उपाध्यक्ष सापकोटा

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा चीन सहयोग गर्न तत्पर रहेको बताएका छन् । 

शुक्रबार चीन भ्रमण सकेर फर्किएको माओवादी केन्द्र प्रतिनिधिमण्डलको पत्रकार सम्मेलनमा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको बताए ।

जेठ ५ गते १० दिने भ्रमणका लागि गएको माओवादी केन्द्रको प्रतिनिधिमण्डल १६ गते नेपाल फर्किएको हो । 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १७:१३
Weather Update