मन्त्री किरातीले भने– म वनझाँक्रीको घेराबन्दीमा छु, सहयोग गर्नुहोस्
---1685702199.jpg)
काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू वनझाँक्रीको घेराबन्दीमा परेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पुस्तक लोकापर्ण कार्यक्रममा उनले भने ‘तीनवटा जहाज किन्ने भनेको संसारभरिको आँखा जलेर अहिले म घेराबन्दीमा छु वनझाँक्रीको घेराबन्दीमा ।’
‘मान्छेको घेराबन्दीमा भएको भए छुटिन्थे होला नि । वनझाँक्री त शक्तिशाली हुन्छन् भन्छन् । मलाई लाग्छ म इमान्दार कोसिस गर्छु । मसँग ब्रम्ह्मास्त्र त छैन तर, तपाईंहरूसँग छ । मलाई सहयोग गर्नुहोस्,’ उनले आग्रह गरे ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० १६:२१