News Griha :: न्यूजगृह
बजेटमाथि मन्त्रीकै असन्तुष्टि : पर्यटनमन्त्री किराती आन्दोलनमा 

काठमाडौं— सरकारले प्रस्तुत बजेटप्रति पर्यटनमन्त्री सुदन किरातीले असन्तुष्टि पोखेका छन् । 

शुक्रबार ललितपुरमा शिवप्रसाद घिमिरेद्वारा लिखित ‘शून्यबाट सुरु भएको व्यापार अपार’ पुस्तक लोकापर्ण कार्यक्रममा उनले सरकारले ल्याएको बजेटमा आफू सन्तुष्ट नरहेको बताए । 

हवाईजहाजमा कर लगाउने निर्णयप्रति उनको असन्तुष्टि छ । ‘बजेट भाषणपछि म पनि सन्तुष्ट छैन । भन्न मिल्छ कि मिल्दैन म त आन्दनेलनमा छु,’ उनले भने,  ‘हवाईजहाजलाई पनि ट्याक्स लगाइयो । हवाईजहाजमा ट्याक्स लगाएर राज्यको आय स्रोत बढाउन हुने तर, हवाईजहाज कम्पनी नै मासियो भने के हुन्छ ।’ 

‘विभिन्न ढंगले राजस्व चुहावट भइरहको छ । त्यतातिर ध्यान छैन । राज्यको दृष्टिकोण पुरानो छ । कम्मरमा बाँधेको चाबी निकालेर खाटको बाकस खोलेर घ्यूको भुटुन झिकिदिने जमाना छ,’ उनले थपे । 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १६:०२
Weather Update