News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिस्तारै बिस्तारै नेपालीको राजनीति डरलाग्दो पाराले लोकरिझ्याइँ बाटोमा उन्मुख भएको बताएका छन् । 

शुक्रबार नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनमा महामन्त्री थापाले जनताले चाहेको कुरा सुनाउन खोज्नेहरूको राजनीतिले परिवर्तन ल्याउँछ या ल्याउँदैन त्यो सबैले सोच्ने विषय भएको बताए । 

Prabhu Bank

‘लोकरिझ्याइँको राजनीतिले के गर्ने सोच्दैन । मैले के भन्ने होला भनेर सोच्छ । जे सुन्न मन लाग्छ त्यो भन्ने । त्यो कुराले परिवर्तन ल्याउँछ कि ल्याउँदैन भन्ने होइन । सुन्नेले जे सुनिरहको छ त्यो भन्न हुन्छ कि हुँदैन भनेर सोच्दैन,’ उनले भने, ‘बिस्तारै बिस्तारै नेपालीको राजनीति डरलाग्दो पाराले लोकरिझ्याइँको बाटोमा उद्धत हुन थालेको छ । यो दल त्यो दल भन्ने हुँदैन । यो बिस्तारै बिस्तारै हाबी हुँदै जानसक्छ । यसलाई कसैले रोक्न सक्छ भने नेपालको प्रेसले मात्र रोक्न सक्छ ।’ 

महामन्त्री थापाले नेपाली कांग्रेसले विश्वास गुमाएको अवस्था भएको प्रष्ट पारे । उनले अहिले कांग्रेस भोट पाएको तर, विश्वास गुमाएको अवस्था रहेको उल्लेख गर्दै भोटको बारेमा चिन्ता नगरी विश्वासको बारेमा चिन्ता गर्नुपर्ने बेला भएको बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:२२
sagarmatha cementsagarmatha cement
Weather Update