News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको छ । 

भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै संगठनले शुक्रबार विरोध प्रर्दशन गरेको हो । नेपाली भूमि समेटिएको नक्सा भारतको संसद् भवनमा राखेपछि त्यसको विरोधमा उत्रनु परेको संगठनका नेता सुदीप फुयाँलले जानकारी दिए । उनले भारतले आफ्नो नक्साबाट नेपाली भूमि नहटाएसम्म आफूहरूको आन्दोलन नरोकिने चेतावनी समेत दिए । 

Prabhu Bank

rpp-youg-organization-birodh-pradarshan--1685694183.jpg

विरोध प्रर्दशनमा उत्रिएकाहरूले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरा समेत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । विरोध प्रर्दशनीमा ‘भारतीय विस्तारवाद–मर्दावाद’,  ‘भारतीय सेना–लिपुलेक छोड’, ‘गो ब्याक–इन्डिया’, ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा–हाम्रो हो’ लेखिएका प्लेकार्डहरू पनि प्रर्दशन गरिएको थियो ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:०८
sagarmatha cementsagarmatha cement
Weather Update