राप्रपा कास्कीले गर्यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

पोखरा— नागरिकता विधेयकको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
राप्रपा भूपूसैनिक संघ कास्की र युवा संगठन कास्कीले संयुक्त रूपमा पोखरामा प्रदर्शन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका हुन् ।
नागरिकता विधेयक राष्ट्रियताको विपक्षमा भएकोले तत्काल फिर्ता हुनुपर्ने राप्रपाको माग छ । त्यस्तै, राप्रपाले भारतको दिल्लीमा राखिएको नेपाली भूमि समेटिएको नक्सा हटाउन नेपालले कूटनीतिक पहल गर्नुपर्ने मागसमेत राखेको छ ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन, राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङ, राप्रपा भूपूसैनिक संघका अध्यक्ष गणेशबहादुर पौडेल क्षेत्री र युवा संघका अध्यक्ष सोपन भुजेल लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० १२:४०