News Griha :: न्यूजगृह
कुटपिट गरि बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

इलाम— हत्या अभियोगमा इलाम प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माई नगरपालिका– २ चेप्टी घर भएका ३२ वर्षीय दीपक कुमाल छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । ७० वर्षीय बुबा लोकबहादुर कुमालको हत्या गरेको अभियोगमा प्रहरीले दीपकलाई पक्राउ गरेको हो ।

अंशबण्डाको विषयमा विवाद हुँदा दिपकले गत ८ जेठमा बुबा लोकबहादुरलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका लोकबहादुरको झापास्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।   

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १२:२४
Weather Update