News Griha :: न्यूजगृह
काठमाडौं जिल्ला अदालतमा बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु भएको छ । 

काठमाडौं जिल्ला अदालतमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबारमात्र पक्राउ परेका ललितपुर निवासी हरिभक्त महर्जनको बयान सुरु भएको हो ।

उनीहरूको बयान न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएकोमा १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना फरार छन् ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १५ जनाको बयान सकिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ११:५७
Weather Update