स्वास्थ्यमन्त्री बस्नेत गङ्गालाल हृदय रोग केन्द्रको छड्केमा [तस्बिरसहित]
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत गङ्गालाल अस्पतालको छड्केका लागि बाँसबारी पुगेका छन् ।
निजी तथा सार्वजनिक अस्पतालमा आम नागरिकले मापदण्ड अनुसार स्वास्थ्य सेवा नपाएको तथा अस्पतालबाट हुने लापरवाही भइरहेको जनगुनासो आएपछि आफै अनुगमनमा खटिएका मन्त्री बस्नेत गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका हुन् ।
शुक्रबार करिव एघार बजे अस्पताल पुगेका उनले अस्पतालको अवस्थाबारे अस्पताल जानकारी लिनुका साथै बिरामीसँग समेत कुराकानी गरेका छन् ।
उनले प्रभावकारी सेवा प्रवाहका लागि प्रशासनलाई निर्देशन समेत दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० ११:४७