सत्तारुढ दलका शीर्ष नेताबीच मन्त्रालयको बाँडफाँटबारे प्रारम्भिक छलफल

काठमाडौ— प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको नेपाली कांग्रेस र माओवादी केन्द्रसहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयबारे प्रारम्भिक छलफल गरेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकपछि भने, ‘मन्त्रालयको बाँडफाँटबारे प्रारम्भिक छलफल भयो । यसबारे हामी केही दिनभित्र टुंगोमा पुग्छौं ।’
उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरू सहभागी थिए ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ २०:१८













