News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
ईसीडी शिक्षक–विद्यालय कर्मचारीका माग पूरा नभए महासंघले के गर्छ ? 

काठमाडौं— नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सरकारले १५ जेठमा ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधन गरी प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीका माग पूरा गर्न माग गरेको छ । माग पूरा नगरे आन्दोलन सुरु गर्ने महासंघले बताएको छ ।

विभिन्न शैक्षिक संघसंगठनको लगातार दबाबपछि बजेट आएको तीन दिनपछि बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले बजेट संशोधन गरी शिक्षक–कर्मचारीका माग सम्बोधन माग गरेको हो । सरकारले उनीहरूका माग सम्बोधन नगरे निकट भविष्यमा कडा आन्दोलनम जाने महासंघले बताएको छ ।

Prabhu Bank

महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘प्रस्तुत बजेट संशोधन गरी बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको उचित तलब वृद्धिको प्रबन्ध गर्न तथा बजेट सम्बन्धित शिक्षक–कर्मचारीका अन्य मागमुद्दा सम्बोधन गर्न हामी सरकारसमक्ष जोडदार माग गर्दछौं । अन्यथा नेपाल शिक्षक महासंघ आफ्ना मागहरू पूरा गराउन निकट भविष्यमा कडा आन्दोलनमा जाने कुरा समेत उद्घोष गर्दछौं ।’ 

teachers (1)1685676068.jpg

teachers (2)1685676083.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०९:०५
sagarmatha cementsagarmatha cement
Weather Update