News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : बालकृष्ण खाणसहितसँग बयान लिइँदै

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिइने भएको छ ।

उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान बिहीबार सकिएको छ । हरिभक्त महर्जनको बयान लिन बाँकी रहेको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०७:३५
Weather Update