राजनीति
एमालेको सचिवालय बैठक बस्दै, के–के छन् एजेन्डा ?

काठमाडौं— नेकपा एमालेले सचिवालय बैठक बस्दैछ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबर बिहान साढे ११ बजे बैठक बोलाइएको छ ।
उनको भनाइमा समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ ।
एमालेको यसअघि गत २८ देखि ३० वैशाखमा केन्द्रीय समिति बैठक सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० ०६:५९