News Griha :: न्यूजगृह
यस्तो छ भारतमा प्रधानमन्त्रीको शुक्रबार कार्यतालिका 

काठमाडौं— चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो दिन शुक्रबार मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

त्यहाँ पूजाअर्चना गरेर दाहाल इन्दोर प्रस्थान गर्ने कार्यतालिका छ । आज शुक्रबार नै प्रधानमन्त्री दाहालले मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति, उपराष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।

भ्रमणको चौथो दिन शनिबार ४:२० बजे दिल्लीबाट प्रधानमन्त्री दाहाल स्वेदश फिर्ता हुने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०६:१५
Weather Update