News Griha :: न्यूजगृह
नागरिकतासम्बन्धी विधेयक महिलाको अपमान गर्ने धरातल : रास्वपा

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकतासम्बन्धी विधेयक महिलाको अपमान गर्ने धरातल बनेको बताएको छ । 

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयकले महिलामाथि विभेदपूर्ण व्यवहर गरेको भन्दै रास्वपाले बिहीबार विज्ञप्तिमार्फत जनाएको हो ।

‘आफ्नै सन्तानलाई आफ्नै देशको नागरिकता दिलाउन पतिको पहिचान नखुलेको लेख्न बाध्य बनाउने जस्ता कार्यले विधेयकलाई महिलाको अपमान गर्ने धरातलयुक्त बनाएको छ । यसका केही प्रावधान हेर्दा विधेयक लैंगिक विभेदयुक्त देखिन्छ,’ रास्वपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई तत्कालै नेपाली नागरिकता दिने प्रावधानको रास्वपाले विरोध गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

rsp1685628364.jpg

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १९:४९
Weather Update