News Griha :: न्यूजगृह

काठमाडौं— नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताएका छन् ।  

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले राष्ट्रपतिबाट नागरिकता सम्बन्धी विधेयक प्रमाणिकरण हुनु जनताको अधिकारमाथि र संसदमाथि नांगो प्रहार भएको बताएका हुन् । 

नागरिकता विधेयकलाई प्रमाणिकरण गरेर संविधान, कानून, स्थापित अभ्यास र संसदीय परिपाटीले नचिनेको बाटो हिँड्ने काम भएको टिप्पणीसमेत उपाध्यक्ष नेम्वाङले गरे । निस्क्रिय भएको विधेयकलाई मन्त्रिपरिषद्ले प्रमाणिकरणका लागि सिफारिस गर्न नमिल्ने उपाध्यक्ष नेम्वाङको तर्क छ ।

त्यस्तै नयाँ प्रतिनिधि सभासमेत आइसकेको अवस्थामा संसदबाट सभामुख र राष्ट्रिय सभा अध्यक्षले सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्थाको समेत उल्लंघन भएको उनले बताए ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:१७
Weather Update