नागरिकता विधेयक प्रमाणीकरबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
बैठक उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बिहान साढे एघार बजेपछि सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक र विभिन्न शीर्षकमा बढाइएको करको सम्बन्धमा छलफल गर्न बैठक राखिएको रास्वपा उप–सभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
अर्यालले भने, ‘बैठकमा नागरिकता विधेयक र करको सम्बन्धमा छलफल केन्द्रित हुनेछ ।’
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १२:३६