News Griha :: न्यूजगृह
एमाले सचिवालय बैठक शुक्रबार
फाइल तस्बिर ।

काठमाडौं— नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ । 

उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि २८–३० वैशाखमा केन्द्रीय बैठक सम्पन्न भएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:२३
Weather Update