शिक्षक महासंघलाई अध्यक्ष तिवारीको प्रश्न– बजेटबारे आधिकारिक धारणा खोइ ?
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासंघसँग सरकारले १५ जेठमा ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटबारेमा आधिकारिक धारणा माग गरेका छन् ।
बजेटमार्फत विद्यालय कर्मचारी तथा शिक्षकका कुनै पनि माग सम्बोधन गरिएको छैन । विद्यालय कर्मचारीले भने सरकारविरुद्ध आन्दोलन घोषणा गरिसकेको छ ।
महासंघले बजेटबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । अध्यक्ष तिवारीले भनेका छन्,‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिमा आबद्ध संवद्ध घटक संस्थाहरू किन मौन होला ? महासंघको बारेमा बुझ्न सकिएन । बजेटबारे महासंघको बैठक खोइ ? धारणा खोइ ?’
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० ०७:५९