News Griha :: न्यूजगृह
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनु भ्रमणको उद्देश्य : प्रधानमन्त्री दाहाल

नयाँ दिल्ली— चारदिने भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको बताएका छन् ।

बुधबार भ्रमणको पहिलो साँझ नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको स्वागतमा आयोजना गरेको रात्रिभोज कार्यक्रममा उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले सक्दो प्रयास गर्ने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार दिउँसो नयाँ दिल्ली पुगेका दाहाल बिहीबार हैदरावाद हाउसमा समकक्षी मोदीसँग वार्ता गर्ने कार्यक्रम छ ।

तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलो भारत भ्रमणमा पुगेका प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २१:२९
Weather Update