सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं— सत्ता गठबन्धनमा रहेका चार ठूला दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ ।
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक बसिरहेको हो ।
सत्ता गठबन्धनमा अहिले दश दल सहभागी छन् । चैत्र ६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्बाट विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ १८:३६













