News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहालसँग मोदीका सल्लाहकारको भेट

नयाँ दिल्ली— भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनी प्रधानमन्त्री दाहाल बसेको होटल मौर्यमा पुगेका थिए । बुधबार अपराह्न भएको सो भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी भएको थियो ।

यसैबीच मंगलबार नै प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि बुधबार नै नयाँ दिल्ली आइपुगेका हुन् । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २०:२२
Weather Update