News Griha :: न्यूजगृह
यादव भन्छन्– नागरिकताको समस्या सधैंका लागि अन्त्य होस्

राजविराज— जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैंका लागि समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई विशेष धन्यवाद दिँदै मुलुकबाट नागरिकतासम्बन्धी समस्या हल हुने बताए ।

विगतमा पनि लामो संघर्षपछि मात्रै नागरिकले नागरिकता पाएको बताउँदै उनले नागरिकता विधेयकमा पनि ठूलै संघर्ष गर्नुपरेको बताए ।

‘मधेसमा देखिएका नागरिकतासम्बन्धी समस्या समाधानका निम्ति हामीले सडकदेखि सदनसम्म लामो समय संघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा नौ लाख नागरिकलाई नागरिकता दिलायौँ’, अध्यक्ष यादवले भने,‘तर पनि थुप्रै नागरिकका सन्तान गैरनागरिक नै छन्, त्यसका लागि पनि ठूलै संघर्ष गर्नुपर्‍यो ।’  

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १९:०४
Weather Update