सार्वजनिक लेखा समितिमा १२१ उजुरी

काठमाडौं— सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ उजुरी परेका छन् ।
बुधवार दिउँसो सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूलाई जानकारी दिँदै समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले समितिमा १२१ वटा उजुरी परेको बताएका हुन् ।
उनले समितिले जुनसुकै विचाराधीन पुराना फाइल खोलेर त्यसमाथि अनुसन्धान अघि बढाउनसक्ने बताए । समितिमा हालसम्म परेका नयाँ र पुराना उजुरीमाथि समितिका सांसदहरूले अध्ययन गर्नसक्ने उनको भनाइ छ ।
उनले समितिले जुनसुकै समयमा उजुरी दिने र पर्ने दुवैलाई राखेर छलफल गर्नुपर्ने आवश्यकता भए छलफल हुनुपर्ने बताए । उनले समितिले पक्ष वा विपक्ष कसैलाई पनि आग्रह वा पूर्वाग्रह राखेर हेर्न नहुने बताए ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १६:३४