News Griha :: न्यूजगृह
सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ‘ट्रोल’ भएपछि एमाले अध्यक्ष ओलीले के भने? 

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएकोमा गुनासो गरेका छन् ।

औंठी लगाउने रुचि समेत नभएको मान्छेलाई जिउभरी सुनैसुनले डाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै उनले आपत्ति समेत जनाए । बुधबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औंठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औंठी नलगाएको पनि पटकपटक बताए ।  ‘केपी ओलीको फोटोमा हातभरि सुनैसुनका, यता पनि सुनैसुनका बोकी नसक्नु । त्यति सुन म बोक्न पनि सक्दिनँ होला । तर मेरो शरीरमा सुन भन्ने कुरा मैले जिन्दगीमा औंठी लगाएको छैन,’ ओलीले भने ।  

उनले त्यो सत्यलाई बङ्ग्याएर सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताए । आफूसँग भएको ज्ञान, कला र क्षमताको दूरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु मुलुकका लागि दुःखको कुरा भएको पनि अध्यक्ष ओलीले बताए ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १६:२८
Weather Update