News Griha :: न्यूजगृह
नागरिकता विधेयक प्रमाणीकरण हुनु ‘अत्यन्तै सकारात्मक’ : लोसपा

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नागरिकता विधेयक प्रमाणीकरण हुनु ‘अत्यन्तै सकारात्मक’ भएको बताएको छ । 

लोसपा अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले खासगरी राज्यविहीनताको स्थितिमा रहेका नेपाली नागरिकहरूको पीडामा मलहमको काम गर्नेछ र समग्रतामा समेत नागरिकतासम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ ।’

लामो समयदेखि रोकिएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन् । 

350123669_169452702762538_3999288552283943075_n1685529356.jpg

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १६:२१
Weather Update