विधेयक
नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं— लामो समयदेखि रोकिएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रपति कार्यालय पुगेको विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी होल्डमा राखेकी थिइन् । विवादस्पद भएको कारण देखाउँदै होल्ड भएको विधेयक प्रमाणीकरण्का लागि सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।
नेकपा एमालेले नागरिकता विधेयक पास हुन नहुने धारणा व्यक्त गर्दै आएको थियो । त्यस्तै, सामाजिक सञ्जालमा पनि नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर विवाद उठ्दै आएको थियो । नागरिकता विधेयक प्रमाणीकरण भएसँगै सामाजिक सञ्जालमा राष्ट्रपतिको आलोचना सुरु भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० ११:४९