भारत जानुअघि प्रधानमन्त्री दाहालले भेटे राष्ट्रपति पौडेललाई

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गर्नुअघि बुधबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले भारतको औपचारिक भ्रमणबारे जानकारी गराएका थिए ।
भेटमा परराष्ट्र सचिव भरतराज पौडेलसमेत सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले बुधबारदेखि छिमेकी राष्ट्र भारतको ४ दिने औपचारिक भ्रमण गर्दैछन् ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० ११:४०