News Griha :: न्यूजगृह
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दाकाे सुनवाइ हुँदै

काठमाडौं— टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ बुधबार हुँदै छ ।

शारदा बोहरा कठायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न बुधबारका लागि सर्वोच्चमा पेसी तोकिएको हो ।

शारदा टीकापुर घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती हुन् ।

चौधरी गणतन्त्र दिवस (१५ जेठ) मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए । चौधरीलाई आममाफी दिएपछि तीव्र सन्तुष्टि जनाउँदै बोहरा पत्नी शारदा सर्वोच्च अदालत गएकी हुन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०७:१७
Weather Update