
काठमाडौं— बालविकास शिक्षक केन्द्रीय समितिले नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएका सम्झौतामा सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षकले पाउनुपर्ने सेवा सर्त र सुविधाहरूका विषयमा उल्लेख गरिएको भएता पनि आर्थिक वर्ष २०८०/८१ को बजेटले उक्त विषय सम्बोधन नगरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार बालविकास शिक्षक केन्द्रीय समिति अध्यक्ष कृष्ण कुमारी थापा मगर र महासचिव निर्मला गिरीले प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयमा तत्काल सरकारले बजेटमार्फत कार्यन्वयनमा नल्याए नेपाल शिक्षक महासंघको संबद्ध घटक संस्था भएको नाताले महासंघको अगुवाइमा चरणबद्ध आन्दोलनका कार्यक्रम गर्नुको विकल्प नरहेको जनाएका छन् ।
बजेटमा बालविकास शिक्षकको सेवा सर्त र सुविधाहरूका विषय स्पष्ट उल्लेख नरहेको बताउँदै केन्द्रीय समितिले उक्त विषय एकद्वार प्रणालीबाट लागु हुने गरी बजेटमा व्यवस्था गर्न अनुरोध गरेको छ ।
विज्ञप्ति यस्तो छ