News Griha :: न्यूजगृह
केन्द्रीय कार्यसमिति बैठक बोलाउन कांग्रेस नेताहरूको माग 

काठमाडौं— नेपाली कांग्रेसका नेता मधु आचार्यले कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक चाँडो बोलाउनुपर्ने बताएका छन् ।

कांग्रेसले मंगलबार आयोजना गरेको पार्टी रूपान्तरण अभियानमा उनले विधानअनुसार दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने भए पनि १० महिनासम्म बस्न नसेकेको भन्दै चाँडो बोलाउन माग गरेका हुन् ।

‘पार्टीका उपसभापति र महामन्त्रीले पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरे पनि नेतृत्वले सुनेको छैन, केन्द्रीय कार्यसमितिको बैठक नबोलाए हामी विशेष महाधिवेशन बोलाउन बाध्य हुन्छौँ’, उनले भने ।

कांग्रेस नेता जगदीश्वर नरसिंह केसीले कांग्रेस बिग्रिन र सिद्धिन लागेकाले सो अवस्थाबाट जोगाउनका लागि रूपान्तरण अभियान चलाएको बताए । आफूहरूले चलाएको अभियान कांग्रेसले चिन्ता गर्नेको अभियान भएको उनको भनाइ थियो ।

कांग्रेस नेता गुरुराज घिमिरे, रञ्जित कर्णलगायतले पार्टी रूपान्तरण अभियान कुनै गुटको अभियान नभई कांग्रेस बचाउनका लागि चलाइएको अभियान भएको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २२:०५
Weather Update