विद्यालय बन्दको निर्णय गर्ने तयारीमा छौं : अध्यक्ष तिवारी
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी विद्यालय बन्द गरेर सरकारलाई कडा रूपमा दबाब दिने बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा विद्यालय कर्मचारीले उठाएका विभिन्न माग सम्बोधन नगरेको भन्दै बाध्य भएर विद्यालय बन्दको निर्णय गर्नुपर्ने स्थिति आएको अध्यक्ष तिवारीले बताए ।
उनले भने,‘अघिल्लो वर्ष पनि कार्यक्रम कार्यान्वयन पुस्तिकामा आउला भन्ने भएर चुप बस्यौं । केही भएन । तसर्थ साथीहरू हामी तयारी गर्दैछौं । विद्यालय बन्दको निर्णय गर्ने तयारीमा छौं ।’
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० २०:४५